नियम ८०
स्थगन प्रस्ताव पेश गर्ने बैठकको अनुमति ;-<br>
(१) नियम ७८ बमोजिमको प्रस्ताव पेश गर्न अनुमति दिएपछि सभामुखले बैठकको प्रारम्भमा प्रस्तावक सदस्यको नाम लिनेछ र त्यसपछि
स्थगन प्रस्ताव पेश गर्न चाहने सदस्यले प्रस्ताव पेश गर्न बैठकको अनुमति माग्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रस्तावको कुनै सदस्यले विरोध गरेमा सभामुखले स्थगन प्रस्तावको समर्थनमा रहने सदस्यलाई उभिने आदेश दिनेछ र अठ्ठाइसजना वा सोभन्दा बढी सदस्य उभिएमा प्रस्ताव पेश गर्न बैठकको अनुमति प्राप्त भएको मानिनेछ ।